logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाका कारण कतारमा समस्यामा परेका १४८ जना नेपाली स्वदेश फर्किए


अंकुरण खबर
715
Shares

कोरोनाका कारण कतारमा समस्यामा परेका १४८ जना नेपालीहरू स्वदेश फर्किएका छन् ।

तत्काल स्वदेश फर्कनै पर्ने अवस्थाका नेपालीहरूले राजदूतावासले तोकेको फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण दूतावासलाई बुझाएका थिए । त्यसैका आधारमा प्राथमिकता निर्धारण गरी  उनीहरूलाइ स्वदेश फर्काइएको हो ।

दोहा कतारबाट काठमाडौंका लागि नेपाल एयरलाइन्सको आरए २३९२ को चार्टर उडानबाट ३ महिलासहित १४८ जना स्वदेश फर्किएको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।

कोरोनाकै समयमा कतारमा मृत्यु भएका २ जना नेपाली नागरिकको शव पनि सोही उडानबाट नेपाल पठाइएको दूतावासले जनाएको छ ।

उक्त चार्टर उडान दोहाबाट भएको एघारौं उडान हो ।