logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा कोरोनाको जोखिम बढ्दै गएपछि आवतजावतमा कडाइ


अंकुरण खबर
871
Shares

काठमाडौं उपत्यकामा कोरोनाको जोखिम बढ्दै गएपछि सरकारले आवतजावतमा कडाइ गरेको छ ।

मास्क नलगाउने, मोटरसाइकलमा दुईजना सवार हुने, जोरबिजोर नियम उल्लंघन गर्ने तथा पासको दुरुपयोग गर्नेलाई प्रहरीले निगरानी गर्न थालेको छ ।

पासको दुरुपयोग गर्नेहरु हरेक दिन १५ सयदेखि २ हजारसम्म कारबाहीमा परिरहेका महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए ।

मंगलबार मात्रै मास्क नलगाई हिँड्ने १२ सय भन्दा धेरै व्यक्तिलाई सम्झाएर छाडिएको प्रहरीले जनाएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार नाघेको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार बुधबार बिहानसम्म संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ।

काठमाडौं उपत्यकामा मंगलबारसम्म २ सय ६७ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ।

इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले अहिलेसम्म उपत्यकामा २ सय ६७ जना व्यक्तिमा संक्रमण पुष्टि भएको जनाए।

उपत्यकामा संक्रमण बढ्दै गएको भए पनि यो समुदायस्तरमा नगएको पाण्डेले दाबी गरे। उनले अहिलेसम्म कुल संक्रमितमध्ये ९७ प्रतिशत आयातित केस रहेको र तीन प्रतिशत मात्र ‘ट्राभल हिस्ट्री’ नभएको संक्रमित रहेको जनाए।