logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरिया जान नपाएका युवाहरूले गरे माइतीघरमा प्रदर्शन


अंकुरण खबर
767
Shares

रोजगारीको लागि दक्षिण कोरिया जान सम्पूर्ण प्रक्रिया पूरा गरेर उडानको पर्खाइमा रहेकाहरुले बुधबार प्रदर्शन गरेका छन् ।

कोरोना भाइरस सङ्क्रमणको जोखिमको कारण सम्पूर्ण उडान बन्द भएपछि प्रक्रिय पूरा भए पनि कोरिया जान नपाएकाहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

दुई हप्ताभित्र पनि सरकारले कोरिया पठाउने पहल नगरे तीन हजार बढीको रोजगारी गुम्ने खतरा रहेको उनीहरुले बताएका छन् । रोजगारी गुमेपछि अहिलेसम्मको समय र मेहनत खेर जाने, डिप्रेसनको सिकार हुने डर भएकाले तत्काल कोरिया पठाउन माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरिएको सहभागी रामहरी देवकोटाले बताए।

सरकारले आफ्ना माग पूरा नगरे पूर्णरुपमै ४५ सय युवा आन्दोलन गर्न बाध्य हुने उनको भनाइ छ ।

सामाजिक दुरी कायम गरी भएको प्रदर्शनमा सहभागीहरुले ‘कि रोजगारी देऊ, कि कोरिया जान देऊ’, ‘कोरियाको लागि अन्तर्राष्ट्रिय उडान सञ्चालन गर’, गरी खान देऊ सरकार, ‘उडान खोली जान देऊ सरकार’ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।