logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुदूरपश्चिम प्रदेशमा थप ९ जनामा कोरोना पुष्टि


अंकुरण खबर
676
Shares

सुदूरपश्चिम प्रदेशमा थप ९ जना कोरोना संक्रमित थपिएका छन् ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको नमूना परीक्षणका क्रममा गत २४ घण्टामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गत २४ घण्टामा २ सय ७ जनाको नमूना परीक्षण गरिएको थियो । जसमध्येका ९ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुने थप ९ जनामध्ये कञ्चनपुरको पुनर्वास नगरपालिकाका ३, बेलौरी नगरपालिकाका २ र डोटीको आदर्श गाउँपालिका २ जना छन् ।

यस्तै, डोटीकै बोगटान गाउँपालिकाका १ र दिपायल सिलगढी नगरपालिकाका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।