संघीय संसदको विकास तथा प्रविधि समितिले ट्याक्सी चलाउन दिन सरकारका नाममा निर्देशन जारी गरेको छ।
बुधबार बसेको समितिको बैठकले सुरक्षाका मापदण्डहरु अपनाएर ट्याक्सी चलाउने व्यवस्था गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो।
सार्वजनिक यातायात सञ्चालनका सम्बन्धमा समेत आवश्यक निर्णय हुने समितिले जनाएको छ।
समितिद्वारा जारी सूचनामा समितिले कोरोना क्राइसिस मेनेजमेन्ट कमिटी (सिसिएमसी) र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सार्वजनिक यातयातसँग छलफल गर्ने उल्लेख छ।
