logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

आज थपिए २५५ जना नयाँ कोरोना संक्रमित, २५३ जना डिस्चार्ज


अंकुरण खबर
1.56K
Shares

नेपालमा बुधवार थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा उक्त संख्याका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार,आइसोलेसनमा ८ हजार ६ सय ३४ जना कोरोना संक्रमित रहेका छन् ।  त्यस्तै क्वारेन्टाइनमा रहनेहरुको संख्या २ लाख ६१ हजार ८ सय ६१ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा २ सय ५३ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।