logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओली-प्रचण्डबीच बालुवाटारमा ‘वान टू वान’ वार्ता सुरु


अंकुरण खबर
1.105K
Shares

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा ‘वान टू वान’वार्ता सुरु भएको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच वार्ता शुरु  भएको प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटाले जानकारी दिए ।

पार्टीभित्रको आन्तरिक विवादलाई व्यवस्थापन गर्न विगत तीन दिनदेखि प्रधानमन्त्री ओली र प्रचण्ड निरन्तर छलफलमा जुटेका छन् ।

प्रचण्डसहितका शीर्ष नेताहरुले प्रधानमन्त्री र अध्यक्ष पदबाट ओलीले राजीनामा दिनुपर्ने माग राखेका छन् भने ओलीले राजीनामा नदिने अडान राख्दै आइरहेका छन् ।

आजको वार्तामा दुई शीर्ष नेताबीच सहमति जुट्ने अपेक्षा गरिएको छ ।