logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढी : २ जनाको शव भेटियो, १८ जना वेपत्ता


अंकुरण खबर
1.495K
Shares

सिन्धुपाल्चोकको बाह्रबिसेस्थित जम्बु भन्ने स्थान नजिक बुल्कोटे खोला र सिंगार्चे क्षेत्रमा आएको बाढिमा परी २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जम्बुका २० वर्षीय नीकेश बस्नेत र उनकी तीन वर्षीय छोरी रहेका छन् । बाढीमा परी १८ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी जारी रहेको छ ।

पहिरोमा परेर एउटा घरको दुई बालबालिकाहरु घाइते भएका छन् । घाइतेको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । पहिरो प्रभावित क्षेत्रमा उद्धारका लागि सेना र प्रहरी परिचालन गरिएको छ । बाढीले १५ वटा घरमा क्षती भएको स्थानीयले बताएका छन् । बाढीले बाह्रबिसे नजिकैको खागदल पुल र त्यहाको बस्ती नै बगाएको छ ।

राति १२ तिर बाढी आएको र अहिले बिहान मात्रै स्थानीय र सुरक्षाकर्मीको सहयोगमा उद्धार कार्य भइरहेको छ।

बाढीले अरनिको राजमार्गमा क्षति पुर्याउनुका साथै भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाको सम्बन्ध बिच्छेद भएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।

बाढीले जलविद्युत आयोजनाहरुमा पनि ठूलो क्षति पुर्याएको छ ।