नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा आएको बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल उद्दारमा खटिन आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन् ।
सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा वाढी, पहिरोबाट ठूलो जनधनको क्षेत्र पुग्ने देखिएको भन्दै देउवाले सामाजिक ट्वीटर मार्फत तत्काल उद्दारमा खटिन काँग्रेस कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
यस्तै देउवाले त्यस क्षेत्रमा छिटो भन्दा छिटो टोली खटाई थप मानवीय र भौतिक क्षती हुनबाट जोगाउन सरकार समक्ष पनि अनुरोध गरेका छन् ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा आएको भीषण वाढी, पहिरोमा परी १८ जना बेपत्ता भएका छन् भने २ जनाको शव फेला परेको छ ।