logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

सुनको मूल्य हालसम्मकै उच्च


अंकुरण खबर
1.625K
Shares

नेपाली बजारमा आज सुनको भाउले नयाँ रेकर्ड बनाएको छ ।

आज बिहीबार एकैदिन तोलामा ९ सय रुपैयाँ बढेर प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो अहिलेसम्मकै उच्च मुल्य हो ।

चाँदीको भाउ पनि आज तोलामा २५ रुपैयाँ बढेर तोलाको ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ महंगो भएकाले नेपालमा पनि महङगो भएको व्यवसायीले बताएका छन् । कोरोनाका कारण अस्थिर बनेको सुनको भाउ कहिले घट्ने र कहिले बढ्ने गरेको छ ।