नेपाली बजारमा आज सुनको भाउले नयाँ रेकर्ड बनाएको छ ।
आज बिहीबार एकैदिन तोलामा ९ सय रुपैयाँ बढेर प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो अहिलेसम्मकै उच्च मुल्य हो ।
चाँदीको भाउ पनि आज तोलामा २५ रुपैयाँ बढेर तोलाको ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ महंगो भएकाले नेपालमा पनि महङगो भएको व्यवसायीले बताएका छन् । कोरोनाका कारण अस्थिर बनेको सुनको भाउ कहिले घट्ने र कहिले बढ्ने गरेको छ ।