logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिन्धुपाल्चोक बाढी : उद्धारको लागि घटनास्थल बाह्रबीसेमा पुग्यो हेलिकप्टर


अंकुरण खबर
1.664K
Shares

सिन्धुपाल्चोकमा बाढीले पुर्‍याएको क्षतिको अवलोकन र उद्धारका लागि हेलिकप्टरसहितको टोली घटनास्थल पुगेको छ ।

मौसम प्रतिकूलताले काभ्रेपलाञ्चोकको मङ्गलटारमा अवतरण भएको कैलाश एयरको हेलिकप्टर सिन्धुपाल्चोकको बाह्रबीसे जम्बु पुगेको हो ।

वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले हेलिकप्टर घटनास्थलमा पुगिसकेको र अब घाइतेको उद्धार थालिने जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा सहितको टोली हेलिकप्टर लिएर बाह्रबीसे पुगेको हो । उक्त हेलिकप्टरबाट दुई गम्भीर घाइतेलाई काठमाडौं ल्याउने भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटासहित गएको हेलिकप्टर भने खराब मौसमका कारण धुलिखेलको आकाशबाट फर्किएको थियो ।

बुधबार राति भोटेकोशीमा आएको बाढीले सिन्धुपाल्चोकमा दुई जनाको मृत्यु हुनुका साथै १४ जना बेपत्ता छन् । तीन जनाको उद्धार गरिएको छ ।