सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ।
प्रचण्डसँगको भेटवार्ताका लागि विहीबार राजदूत यान्छी खुमलटार पुगेकी थिइन्।
प्रचण्ड र राजदूत यान्छीबीच भेटवार्ता भएको भनिएपनि के कुराकानी भन्नेबारे खुलाइएको छैन ।
नेकपामा विवाद उग्र हुँदै जाँदा चिनियाँ राजदूतले सक्रियता बढाएकी हुन् । उनले यसअघि नेकपाका नेतासमेत रहेका विदेश विभाग प्रमुख माधव कुमार नेपाल र अर्का नेता झलनाथ खनालसँग भेटवार्ता गरेकी थिइन् । पार्टीमा एकता कायम गरेर अघि बढ्न सुझाव दिएको भेटपछि नेता खनालले बताएका थिए ।
नेकपा विवाद बढ्दै जाँदा चिनियाँ राजदूतको सक्रितालाई लिएर आलोचना भइरहेको छ ।