सिन्धुपाल्चोकमा बाढीले पुर्याएको क्षतिको अवलोकन र उद्धारको लागि सभामुख अग्निप्रसाद सापकोटा बाह्रबिसे पुगेका छन् ।
बाढी पहिरो आएको स्थान सभामुख सापकोटाको निर्वाचन क्षेत्रसमेत हो । नेपाली सेनाको ब्यारेकमा हेलिकप्टर ल्याण्ड गरिएको र बाटो सफा गरेर स्थलमार्गबाट घटनास्थल पुगेको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
बुधवार आखाको शल्यक्रिया गरेका सभामुख सापकोटा आँखामा पट्टी लगाएर घटनास्थल पुगेका छन् । खराब मौसमका कारण यसअघि आजै बिहान सापकोटालाई लिएर उडेको हेलिकप्टर धुलिखेलको आकाशबाटै काठमाडौं फर्किएको थियो ।
यस्तै वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल हेलिकप्टरमार्फत घटनास्थल पुगिसकेका छन् ।