सुदूरपश्चिममा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
धनगढीस्थित प्रादेशिक प्रयोगशालामा विहीवार गरिएको परीक्षणमा थप १६ जनामा कोरोना पुष्टि भएको हो।
विहीवार गरिएको परीक्षणमा आठ जना महिलामा र आठ जना पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए।
सूचना अधिकारी श्रेष्ठका अनुसार कैलालीको गोदावरी नगरपालिका-९ का पाँच जना, गौरीगंगा नगरपालिकाका तीन जना, कञ्चनपुरको कृष्णपुर नगरपालिकाका एक जना र भीमदत्त नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको छ।
बाजुराको त्रिवेणी नगरपालिका वडा नम्वर १ का दुई जना, अछामको साँफेवगर नगरपालिकाका दुई जना, मंगलसैन नगरपालिका र चौरपाटी गाउँपालिकाका एक-एक जनामा कोरोना पुष्टि भएको छ ।