पछिल्लो २४ घण्टाभित्र नेपालमा १०८ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत १०८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार देशभरका २५ वटा प्रयोगशालामा विगत २४ घण्टामा ४ हजार ५ सय ८८ जनाको पिसिआर परीक्षण गर्दा १०८ जनामा कोरोना पुष्टि भएको हो।
उनका अनुसार देशभरका क्वारेन्टिनमा २४ हजार ४ सय २५ जना मानिसहरू छन्। पछिल्लो २४ घण्टामा १३९ डिस्चार्ज भएका छन्।