logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा स्थायी समिति बैठक सात दिनका लागि स्थगित


अंकुरण खबर
689
Shares

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज पनि स्थगित भएको छ। यस पटक भने सात दिनका लागि स्थगित गरिएको हो।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले मुलुकमा अविरल वर्षाका कारण आएको बाढी पहिरोको विपत्तिमा ध्यान दिन भन्दै बैठक स्थगित गरिएको जानकारी दिए ।

पार्टीभित्रको आन्तरिक विवादका कारण स्थायी कमिटी बैठक पाँचौ पटक स्थगित भएको हो । अर्को बैठक साउन २ गते बस्ने बताइएको छ । असारको १८ गतेदेखि नेकपाको स्थायी कमिटीको बैठक बस्न सकेको छैन ।

देशभर भइरहेको वर्षा र सिन्धुपाञ्चोक लगायत केही जिल्लामा जनधनको ठूलो क्षति भएको भन्दै नेकपाले उद्धार र राहतमा जुटन पार्टी कार्यकर्ताहरुलाई निर्देशन समेत दिएको छ ।

नेकपामा अध्यक्ष पुष्पकमल दाहाल -नेपाल पक्षले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि विवाद बढेको छ ।

ओलीले दुबै पद नछाड्ने अडान राखेपछि अध्यक्षद्वय विच भएका पटक–पटकका बार्ता समेत निस्कर्षमा पुग्न सकेका छैनन् ।