logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पोखरा पहिरो (अपडेट) ६ को मृत्यु, ८ घाइते


अंकुरण खबर
1.04K
Shares

पोखराको सराङकोट र हेम्जामा पहिरो जादाँ ६ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

पोखरा १८ सराङकोटको गोठादीमा घर माथीको सडक भत्किदा आएको पहिरोले टंकबहादुर थापाको घर बगाउँदा एउटै घरमा रहेका १० जना पहिरोमा परेका हुन् ।

१० जना मध्ये ५ जनाको मृत्यु भएको छ । उनीहरुलाई स्थानीय र प्रहरीको सक्रियातामा मणिपाल अस्पताल लगिएको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

राती जन्मदिन मनाउन अन्य पाहुँना समेत आएका कारण घरमा कति जना थिए भन्ने अझै खुल्न सकेको छैन । हराइरहेको आशंकामा प्रहरीले खोजी कार्य जारी राखेको छ ।

त्यसैगरी पोखरा २५ हेम्जामा घर पछाडीबाट पहिरो आउदा ७० बर्षिय हिमकला अधिकारीको मृत्यु भएको छ ।