विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले हावाबाट पनि कोरोनाभाइरस फैलन सक्न्ने तथ्यलाई स्वीकार गरेको छ ।
विश्वका ३२ देशका २३९ वैज्ञानिकहरूले अनुसन्धानबाट हावाबाट पनि कोरोनाभाइरस सर्न सक्ने पत्ता लगाएको भन्दै डब्ल्यूएचओलाई पत्राचार गरेका थिए । उनले पेश गरेको अनुसन्धानका प्रमाणका आधारमा डब्लूएचओले पनि हावाबाट कोरोनाभाइरस संक्रमण हुने भन्दै विश्वभरका मानिसलाई सावधान गराएको छ ।
डब्लूएचओले बिहीबार यस सम्बन्धमा नयाँ निर्देशिका जारी गर्दै हावाबाट कोरोनाभाइरसको फैलनसक्ने प्रतिवेदनहरूलाई स्वीकार गरेको जनाएको छ। यद्यपि डब्ल्यूएचओले यस सम्बन्धमा विस्तृत अध्ययन आवश्यक रहेको बताएको छ।
हालसालै धेरै देशका वैज्ञानिकहरूले भाइरस हावाबाटपनि फैलिने दाबी गरेका थिए। विशेष गरी जब संक्रमित व्यक्ति श्वास छोड्छन्, कुरा गर्छन् वा खोक्छन्, भाइरस हावामा फैलिन्छ। डब्लूूएचओका केही चिकित्सा प्रक्रियाहरू बाहेक कोरोना भाइरस हावामा फैलिने सम्भावनालाई लामो समयदेखि इन्कार गरेको थियो, तर अब यसलाई स्वीकारेको छ।
डब्ल्यूएचओको केहि रिपोर्टहरूले इन्डोर क्षेत्रमा जस्तै रेष्टुरेन्टहरु, फिटनेस क्लासहरु इत्यादिमा संक्रमण फैलिएको दाबी गरेको छ। यद्यपि संगठनले यस विषयमा तुरुन्तै गहिरो अनुसन्धान गर्न आवश्यक रहेको बताएको छ अवस्थित प्रमाणहरूको समीक्षाको आधारमा, डब्लूएचओले भाइरस संक्रमितको प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्कमा आउँदा मानिसहरूलाई संक्रमण हुन सक्ने बताएको छ।
संक्रमित व्यक्तिको नजिक जाँदा, संक्रमित व्यक्ति खोकी, हाच्छिउँ, सास फेर्दा वा गाना गाउँदा भाइरस हावामा फैलिन सक्ने बताएको छ। गत हप्ता ३२ देशका २३९ वैज्ञानिकहरूले हावाबाट पनि भाइरसको संक्रमण हुने प्रमाणित गरेका दावी गरेका थिए। हावामा भाइरसका साना कणहरूले मानिसलाई संक्रमित हुने उनीहरुको दावी छ ।