म्याग्दीका विभिन्न स्थानमा गएको बाढी–पहिरोमा ३२ जना सम्पर्कविहीन भएका छन् ।
धौलागिरि, मालिका र मंगला गाउँपालिकालगायतका क्षेत्रमा पहिरो जाँदा उनीहरु बेपत्ता भएको प्रहरीले जनाएको छ । म्याग्दी प्रहरी प्रमुख डीएसपी किरणजंग कुँवरले धौलागिरीको मराङमा २० जना पहिरोमा हराइरहेको प्रारम्भिक जानकारी आएको बताए ।
अन्य स्थानमा पनि केही बेपत्ता छन् । उनका अनुसार ठाउँ–ठाउँमा पहिरो खसेर बाटो अवरुद्ध भएको छ ।
घटना भएको सबै स्थानमा भौगोलिक विकटता र वर्षाको अवरोधका कारण पुग्न नसकिएको डीएसपी कुँवरले जानकारी दिए ।