गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार प्रदेशका पाँच जिल्लामा थप १३ जनामा कोरोनाको संक्रमण देखिएको हो।
तनहुँमा आठ जना, नवलपरासी पूर्वमा २ जना र पर्वत, बागलुङ तथा गोरखामा एकरएक जना संक्रमित थपिएका हुन्। क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो।
योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार १ सय ६२ पुगेको छ।