नेपाली बजारमा शुक्रबार आज सुनको मुल्य घटेको छ ।
आज छापावाल सुन तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार ४ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुन ९१ हजार ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मुल्य भने स्थिर रहेको छ । शुक्रबार चाँदी प्रतितोला ९ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।