logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

जम्मु काश्मीरमा भारतीय सेनामा कार्यरत नेपालीको मृत्यु


अंकुरण खबर
1.456K
Shares

पाकिस्तानी सेनाको गोली लागेर जम्मु काश्मीरमा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ ।

शुक्रबार जम्मु काश्मीरको रजौरी जिल्ला नौसेरा सेक्टरस्थित एलओसीमा भारतीय सेनामा कार्यरत हवल्दार सम्बुर गुरुङको मृत्यु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

पाकिस्तानी सेनाको गोली लागेर गम्भीर घाइते भएका गुरुङको मृत्यु भएको भारतीय सेनाले पुष्टि गरेको हो । भारतीय रक्षा प्रवक्ता कर्णेल देभेन्द्र आनन्दले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हवल्दार सम्बुर गुरुङ एक साहसी, उच्च मनोबल भएका र इमान्दार सैनिक हुन् । उनको कतर्व्य पालनाका क्रममा गरेको उच्च बलिदानीको मुलुक सधैं ऋणी रहनेछ ।’

उनले शत्रुको प्रहारलाई भारतीय सेनाले कडा जवाफ फर्काएको थियो ।