logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जाजरकोट पहिरोमा बेपत्ता १२ मध्ये ३ जनाको शव भेटियो (अपडेट)


अंकुरण खबर
1.599K
Shares

जाजरकोटको बारेकोट गाउँपालिका–४ सार्कीगाउँमा गए राति पहिरोले घर बगाउँदा बेपत्ता भएका १२ जनामध्ये ३ जनाको शव भेटिएको छ।

गएराति अविरल वर्षासँगै भएको पहिरोले घर बगाउँदा दुई घरपरिवारका ५२ वर्षीय घरमूली गोपाल सार्की, उनकी श्रीमती ५० वर्षीया पुष्पा, १३ वर्षीया छोरी लक्ष्मी र ११ वर्षीय छोरा अर्जुन छन्।

त्यस्तै अर्को घरका मूली कालु सार्की, १४ वर्षीया छोरी तिर्खा, ११ वर्षीया छोरी कमला र छ वर्षीय छोरा सुवास र पाहुना आएका कुशे गाउँपालिका– ९ चौताराका २० वर्षीय डिल्ली सार्की, १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की र १८ वर्षीय वीरेन्द्र सार्की बेपत्ता भएका थिए।

बेपत्तामध्ये तीन जनाको शव फेला परेको कर्णाली प्रदेशका प्रहरी प्रवक्ता एसएसपी राजेशनाथ बास्नेताले जानकारी दिए।

एसएसपी बाँस्तोलाका अनुसार अहिले तीन जनाको शव निकालिएको छ, उनीहरुको सनाखत हुन सकेको छैन ।

घटनास्थलमा तीन ठाउँबाट प्रहरी जाँदै गरेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए।