Breaking Newsअन्तर्वार्तास्वास्थ्य

कसरी लाग्छ पार्किन्सन रोग ? किन बढ्दैछन् नेपालमा यसका रोगीहरु…

नेपालमा अझै पनि पार्किन्सन रोगबारे धरैलाई थाँहा छैन् । यो रोगलाई नयाँ रोगका रुपमा हेरिन्छ , तर विस्तारै यो रोगका बिरामीहरु बढीरहेका छन् । के हो पार्किन्सन रोग ? यो कसरी लाग्छ ? यसका लक्षण र बच्न के कस्तो साबधानी अप्नाउनुपर्छ ? अंकुरण खबरका लागि न्यूरोलोजिष्ट डाक्टर अभिनाश चन्द्रसंग गरिएको कुराकानीमा आधारित अंश…

पार्किन्सन रोग के हो ?
यो मस्तिष्क सम्बन्धि लाग्ने एक दीर्घ रोग हो। यो अल्जाइमर पछिको दोश्रो ठूलो मस्तिष्क सम्बन्धि रोग हो । विश्वसमुदायमा सन् १८१७ मा पहिलो पटक डा. जेम्स् पार्किन्सनले यो रोग पत्ता लगाए पनि नेपालमा भने यो रोग अझै नौलौ नै मानिन्छ । डा.जेम्स् पार्किन्सनले पत्ता लगाएको रोग भएकालेनै यसलाई पार्किन्सन रोग भनिएको हो ।

पहिले पहिले यो रोग वृद्धवद्धामा मात्र देखापर्छ भन्ने थियो । तर पछिल्लो समय युवा पुस्ताहरुमा पनि यो रोग देखिएको पाइन्छ ।

पार्किन्सन रोग लाग्ने कारण के हो ?

पार्किन्सन रोग लाग्ने यही एकमात्र कारण छ भन्ने हैन् । अहिले सम्म पनि यो रोगको वास्तविक कारण पत्ता लागेको छैन। यो रोग वंशाणुगत कारण या अन्य जुनसुकै कारणले पनि लाग्न सक्छ । यद्यपी पार्किन्सन रोग लागेपछि विस्तारै विस्तारै स्वास्थ्यमा समस्या देखापर्दै जान्छ । स्वस्थ शरीरको लागि आवश्यक पर्ने मस्तिष्कमा रहेका डोपामिनर्जिक न्युरोनहरु विस्तारै नष्ट हुदै जान्छन् । जसले गर्दा मस्तिष्कमा आवश्यक मात्रामा “डोपामिन” उत्पादन हुन सक्दैन । डोपामिनको कमीले गर्दा शरीरका अंग, मांसपेशीहरु सामान्य रुपमा काम गर्न सक्दैनन् ।यसको साथै अस्वस्थ खानपान ,विलाशी जीवन शैली आदिको कारणले पनि यो रोग लाग्ने संभावना रहन्छ । यो रोग लागेको लामो समय भए आफ्ना हरेक काममा अरुको भर पर्नु पर्ने अवस्था हुन्छ ।

पार्किन्सन रोगका लक्षणहरु के कस्ता हुन्छन् ?
यो रोगका लक्षणहरु मानिसको उमेर शारीरिक अवस्था,रोगप्रतिरोधात्मक क्षमता आदिले केही फरक पार्न सक्दछ । यसका मूख्य लक्षण भनेको निम्न छन् :
१.सुरुसुरुमा हात खुट्टाका औंलाहरु काप्नु ।
२.शरीर काप्नु ।
३.हिडडुल गर्न समस्या हुने ।
४.स्मरण क्षमतामा कमी आउने ।
५.शरीर असन्तुलन हुने ।
६.निन्द्रा नलाग्ने ।
७.डिप्रेसन हुने ।
८.खाना मन नलाग्ने ।
९.दृष्टि भ्रम हुने ।
१०.बोल्न समस्या हुने ।
११. दिसा,पिसाब अनियन्त्रीत हुने ।

के यो रोग लागेपछि यसको उपचार हुदैन् ?
अहिलेसम्म पनि यो रोग पत्ता लगाउने कुनै खास परीक्षण छैन । न्यूरोलोजिस्टले स्नायु प्रणालीको परीक्षण, शारीरिक परीक्षण र लक्षणहरुका आधारमा यो रोग पत्ता लगाउने गर्दछन् ।

रोग पत्तालागेपछि यसको उपचार भनेकै विभिन्न औषधिहरुको प्रयोगले मस्तिष्कमा डोपामिनको मात्र बडाउने र लक्ष्यणहरु नियन्त्रण गर्ने हो । आवस्यकता अनुसार बिमारीको अबस्था हेरेर सल्यक्रिया गर्न पनि सकिन्छ ।

के यो रोग लागेपछि बिरामीको मृत्यु भैहाल्छ ?
अहिलेसम्म यो रोग निको पार्ने कुनै औषधि बनेको छैन् । तर रोग लाग्दैमा मृत्यु भैहाल्ने भन्ने चै हेन् । यो प्राणघातक रोग हैन । तर यो रोगका कारण शरीरमा अन्य रोगहरुले आक्रामक गर्ने हुँदा बिरामीको मृत्यु समेत हुने गर्छ ।

यो रोग लाग्नबाट कसरी बच्ने ?

अहिलेसम्म पनि यो रोग लाग्ने एकीक कारण पत्ता नलागेकाले यसबाट बच्न यी यस्ता सावधानी अप्नाउनु पर्छ भन्ने छैन् । तर पनि नियमित शारीरिक व्यायाम गर्ने, तौल नियन्त्रणमा राख्ने, तनाव नलिने,सागसब्जी, फलफुल, भिटामिन, माछा,मासु आदिको संतुलीत भोजन गर्नाले यो रोग लाग्ने सम्भावना कम हुनछ । यदि यो रोग लागिहाले जतिसक्दो छिटो स्वास्थ्य परीक्षण गराई चिकित्सकको सल्लाहा बमोजिम अगाडी बढ्नु पर्छ ।

Comment here