logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

५० लाख ठगी आरोपमा ‘ज्योतिषी’ अर्जुन क्षेत्री पक्राउ


अंकुरण खबर
1.287K
Shares

ज्योतिष अर्जुन थापा क्षेत्री ठगी आरोपमा पक्राउ परेका छन् ।

क्षेत्रीसहित तीन जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले बिहीबार पक्राउ गरेको हो ।

आफूलाई ‘अख्तियारको सहसचिव’ भन्दै ठगी गर्दै हिंडेको आरोपमा क्षेत्रीलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको अख्तियार स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार नेपाल विद्युत प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भयो भन्दै क्षेत्रीसहितको टोलीले चार करोड मागेका थिए । बार्गेनिङको क्रममा ५० लाखमा कुरा मिलेको थियो ।

उक्त ५० लाख रुपैयाँ लिन जाँदा क्षेत्रीसहित तीन जना अख्तियारको फन्दामा परेका हुन् ।

क्षेत्री यसअघि पनि नेपाल ठूलो भूकम्प आउन सक्ने भन्दै अफवाह फैलाएको आरोपमा पक्राउ परेर छुटेका थिए ।