कर्णाली प्रदेशमा २७ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रदेश अस्पताल सुर्खेत पशुपंक्षी रोग अन्वेषण प्रगोगशाला सुर्खेतमा गरिएको परीक्षणबाट सुर्खेतका ४ जना, डोल्पाका १ जना र सल्यानका १ जनामा कोरोना पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिएको परीक्षणबाट सल्यानका ९ जना र जाजरकोटका २ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणबाट सर्खेतका ७ जना, बाजुराका १ जना र दैलेखका २ जनाका कोरोना पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्यसेवा महाशाखाले जनाएको छ ।
कर्णाली प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १ हजार ५ सय ८८ पुगेको छ ।