नेपालमा पछिल्लो २४ घन्टामा ११८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १६ हजार ६ सय ४९ पुगेको छ।
संक्रमितमध्ये हालसम्म ८ हजार ११ जना निको भएर घर फर्किएका छन् भने संक्रमणबाट अहिलेसम्म ३५ जनाको मृत्यु भएको छ।
आज मात्रै कोरोनालाई जितेर १२० जना घर फर्किएका छन्।