logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यी हुन कोरोना संक्रमणमुक्त भएका ६ जिल्ला


अंकुरण खबर
702
Shares

नेपालका ६ वटा जिल्ला कोरोना भाइरसको संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणमुक्त जिल्लाहरुमा धनकुटा, भोजपुर, सोलुखुम्बु, मनाङ, मुस्ताङ र हुम्ला छन्। यी जिल्लामा अहिले एक जना पनि कोरोना संक्रमित छैनन्।

यी जिल्लामा यसअघि सङ्क्रमित भेटिए पनि सङ्क्रमण पुष्टि भएका सबै निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

शुक्रबार पीसीआर विधिबाट चार हजार आठ सय ६ जनाको कोरोना परीक्षण भएको छ । आजसम्म दुई लाख ७५ हजार नौ सय ५१ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए । देशभरिका क्वरेण्टीनमा २३ हजार नौ सय १० जना रहेका छन् ।

विभिन्न अस्पतालका आइसोलेशनमा आठ हजार ६ सय तीन जना कोरोना सङ्क्रमित उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा १२० जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या ८ हजार ११ पुगेको छ।