logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज पनि देशैभर वर्षा हुने, बाढी पहिरोको जोखिम रहेकाले सतर्क रहन आग्रह


अंकुरण खबर
2.873K
Shares

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशैभर सबैजसो स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने छ ।

आज (शनिबार) प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र प्रदेश ५, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । हाल मनसुनी न्यून चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ ।

महाशाखाले भारी वर्षाको सम्भावना रहेकाले नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल, पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

केही दिनदेखि लगतार परेको पानीका कारण सप्तकोसीमा बाढी बढेपछि भारततर्फका ३८ ढोका खोलिएको छ ।