केही दिनदेखि परेको अविरल वर्षाका कारण संखुवासभाका सिलिचोङ गाउँपालिकामा पहिरो जाँदा ११ जना बेपत्ता भएका छन्।
गएराति गएको पहिरोले ८ वटा घर पुरेको भनिएपनि विस्तृत विवरण आउन सकेको छैन्।
सिलिचोङ प्रहरी कार्यालयबाट घटनास्थलमा टोली पठाएको छ।
पहिरोले ८ वटा घर पुरेको खबर आएपनि पुष्टि हुन नसकेको संखुवासभाका डीएसपी नवराज मल्लले जानकारी दिए ।