logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना


अंकुरण खबर
1.053K
Shares

देशभर मौसम बदली भइ धेरै स्थानमा पानी परेको छ। आइतबार दिनभर पनि मौसम बदली भइ वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्यून चानीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले देशभर मौसम बदली भएको हो। अहिले देशभर सामान्य बदली रही प्रदेश १, २ तथा बागमती प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ । प्रदेश १ र २ का थोरै स्थानमा भारी वर्षा भइरहेको छ ।

आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानमा तथा गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आइतबार राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेशको एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

देशका धेरै नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि मौसमविदले आग्रह गरेका छन् ।