काभ्रे र सिन्धुपाल्चोकको बीच भएर बग्ने इन्द्रावती नदीमा डुबेर तीन जना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा काभ्रेका दुई र सिन्धुपाल्चोकका एक जना हुन् ।
काभ्रेको मण्डनदेउपूर नगरपालिका १० का १३ वर्षीय बालक अभिशेक नेपाली शुक्रबार इन्द्रावती नदीमा बेपत्ता भएका हुन् । पौडी खेल्ने क्रममा बेपत्ता भएका उनी अझै फेला परेका छैनन् ।
त्यस्तै शनिवार सम्फु माझि र चन्द्रबहादुर तामाङलाई इन्द्रावती नदीले बगाएको छ । तामाङ सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी ११ मा होटल व्यवसाय सञ्चालन गर्दै आएका थिए भने माझी खेतीपातीको लागि आउने गरेका थिए ।
तामाङ काभ्रे घरमा गएर सिन्धुपाल्चोक आउने क्रममा शनिबार साँझ बेपत्ता भएका हुन् । उनको झोला करिब १ किलोमिटर तल फेला परेको छ ।
तीनै जनाको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।