logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बलात्कारको अभियोगमा पक्राउ परेका थुनुवामा देखियो कोरोना भाइरस


अंकुरण खबर
676
Shares

जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएका एकजना थुनुवामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ ।

असार १४ गते (बलात्कार) हाडनाता करणीको आरोपमा पक्राउ परेका थुनुवामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

थुनुवामा कोरोना भाइरसको संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत कक्ष सिल गरिएको छ ।

प्रहरीले कोरोना संक्रमण देखिएका थुनुवालाई आइसोलेसनमा राखिएको जनाएको छ । साथै उनीबाट बलात्कार भएकी भनिएकी पीडित महिला, पीडित महिलाका परिवार र थुनुवाका आफन्त गरी २२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ ।

पीडित पक्षको उजुरीका आधारमा उनलाई असार १४ गते पक्राउ गरिएको थियो । पक्राउ गरी थुनामा राख्दा उनको आरडीटी किटमार्फत कोरोना परीक्षण गरिएको थियो । आरडीटी परीक्षण गर्दा उनको एन्टिबडी नेगेटिभ आएको थियो ।

तर, जिल्ला अदालतल सुर्खेत थुनुवाको पीसीआर परीक्षण गर्न भनेपछि उनीसहित ६ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकामध्ये अन्य ५ जनाको रिपोर्ट भने नेगेटिभ आएको सुर्खेत प्रहरीले जनाएको छ ।