रुपन्देहीमा आइतबारबाट सार्वजनिक यातायात सञ्चालनमा आएको छ।
लकडाउनको आदेश जारी भएपछि थन्किएका बसहरु आइतबारबाट सूचारु गरिएको हो। लुम्बिनी मेट्रो सिटी प्रालिका एसी सुविधासहितका बस आइतबारदेखि सञ्चालनमा आएका हुन।
गृह मन्त्रालयले छोटो दूरीका यातायात सञ्चालन गर्न अनुमति दिएपछि प्रालिले सुरक्षा सतर्कता अपनाएर सवारी साधन सञ्चालन गरिएको जनाएको छ ।
बसमा यात्रु चढाउनुअघि थर्मल गनबाट ज्वरो मापन, मास्क र स्यानिटाइजरको प्रयोग, बसभित्र भौतिक दूरी कायम गरिनेलगायत मन्त्रालयले जारी गरेको सबै मापदण्ड पूरा गरी सुरक्षित तरिकाले यातायात सञ्चालन गरिएको प्रालिले जनाएको छ।
बस सञ्चालन गरिए पनि कोरोना संक्रमणको डरले यात्रुहरुको उपस्थिती भने न्यून छ।