logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुदूरपश्चिममा थप तीन जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.287K
Shares

सुदूरपश्चिम प्रदेशमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालले आइतबार अपरान्ह २ वजेसम्म २६३ जनामा परीक्षण गर्दा थप तीन जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो।

संक्रमण पुष्टि हुनेमा कैलालीको मोहन्याल गाउँपालिका-३ का ४६ वर्षीय पुरुष, कैलारी गाउँपालिका-७ का २५ वर्षीय पुरुष र दार्चुलाको नौगाड गाउँपालिका-७ का २८ वर्षीय पुरुष रहेका छन्।