logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अफगानिस्तानका ७० प्रतिशत सांसदलाई कोरोना


अंकुरण खबर
1.235K
Shares

दक्षिण एशियाली मुलुक अफगानिस्तानका ६० देखि ७० प्रतिशत सांसद कोरोना भाइरस सङ्क्रमित रहेको पाइएको छ।

तीमध्ये केही सांसद भने उपचारपछि निको भएका छन्। टोलो संवाद  समितिले शनिबार यो तथ्य सार्वजनिक गरेको हो।

अफगानिस्तानको हेरात प्रान्तका सांसद सिमिन बरकजईका अनुसार देशका थुप्रै नेता भाइरसको चेपटामा परेका र कतिपयलाई निको भएको जानकारी दिए। ‘‘अझै पनि केही सांसद क्वारेन्टिनमा छन्,’’ उनले भने, ‘‘मलाई विश्वास छ, क्वारेन्टाइनमा रहेका नेताहरु चाँडै ठीक हुने छन् र संसद्मा आउने छन्।’’

चीनको वुहानबाट गत वर्षको अन्त्यदेखि फैलन शुरू भएको कोरोना भाइरसबाट संसारका सबै देश प्रभावित हुन पुगेका छन्।

अफगानिस्तानमा अहिलेसम्म ३४ हजार तीन  सय ६६ जना सङ्क्रमित भएका छन् भने यो महामारीबाट ९४९ को मृत्यु भएको छ।