logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्से ९.०२ अंकले बढ्यो, एक अर्ब ११ करोडको कारोबार


अंकुरण खबर
793
Shares

आइतबार सेयर बजार ९.०२ अंकको सुधार भएर रोकिएको छ। कारोबार सुरु भएको केहि समय उचालिएको सेयर बजार अन्तिममा ०.६८ प्रतिशतले बढेर १३४०.२९ अंक पुगेको हो।

सात वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा माथिले सुधार भएको छ। सबैभन्दा धेरै माइक्रोफाइनान्सको सूचकमा सुधार भएको छ। माइक्रोफाइनान्सको मात्रै ३.६७ प्रतिशतले सुधार भएको छ।

वाणिज्य बैंकको सूचकमा भने सामान्य गिरावट देखिएको छ। नेपाल लाइफको सबैभन्दा धेरै १६ करोड ५ लाख रुपैयाँको कारोबार भएको छ। त्यस्तै दोस्रोमा नेपाल पुनर्बिमा कम्पनीको १४ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ।

दोस्रो बजारमा १७९ वटा कम्पनीको कारोबार हुँदा ९२ वटा कम्पनीको मूल्य बढेको छ भने ५२ वटाको मूल्यमा गिरावट आएको छ। बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिदा केहि पैसा सेयर बजारमा प्रेवश हुन थालेको छ। मौद्रिक नीतिले पनि सेयर बजारलाई संवोधन गर्ने अपेक्षाले सेयर बजार सुधार आइरहेको छ।