logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
910
Shares

काठमाडौं उपत्यकामा थप चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । टोखा नगरपालिका ६ हरियाली बस्तीका तीन स्थानीयसहित चारजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

समुदायमा कोराना भाइरसको संक्रमण छ कि छैन् भनि हरियाली बस्तीबाट एक सय बढीको नमूना ल्याइ जाँच गर्दा तीनजना स्थानीयसहित चारजनामा कोरोना पोजेटिभ आएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार संक्रमित एकजना कैलालीबाट आएर क्वारेन्टिनमा बसेको व्यक्ति हुन् भने तीनजना हरियाली बस्तीकै बासिन्दा रहेका छन् ।