logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सलहको दुई झुन्ड फेरि नेपाल प्रवेश


अंकुरण खबर
897
Shares

सलहका झुन्ड फेरि नेपाल प्रवेश गरेको छ।

आइतबार दुई झुन्ड सलह दाङमा देखिएको सलह सूचना केन्द्रले जनाएको छ।

यो झुन्ड भारतको बहराइच क्षेत्र हुँदै नेपाल प्रवेश गरेको केन्द्रले जनाएको छ। केन्द्रका प्रमुख एवं किट विज्ञ रामकृष्ण सुवेदीका अनुसार सलहको झुन्ड एक-दुई लाखमा भएको अनुमान गरिएको छ।

केन्द्रले प्रक्षेपण गरेको सलहको ठूलो झुन्ड भने नेपाल प्रवेश गरेको छैन। केन्द्रले भारतको राजस्थानबाट उत्तरपूर्वतर्फ हावा बहन थालेपछि झुन्ड पुन: नेपाल प्रवेश गर्ने अनुमान गरेको थियो।