logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तनहुँमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु, पाँच जना बेपत्ता


अंकुरण खबर
2.184K
Shares

अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको मृत्यु भएको छ । भने ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर पाँच जना बेपत्ता भएका छन् ।

म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा घरमाथिबाट आएको पहिरोले घर भत्किँदा १७ वर्षीय लक्ष्मी विकको मृत्यु भएको छ । घरको भित्ताले पुरिएर घाइते विकको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

त्यस्तै व्यास नगरपालिका–७ कलेस्तीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको र उनको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा घर पुरिँदा पाँच जना बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा एकै परिवारका पाँच जना छन् ।

हुनेमा ३० वर्षीय भेषबहादुर थापा, २९ वर्षीय नानुमाया थापा, पाँच वर्षीया अमिषा थापा, २२ वर्षीय महादेव थापा र १९ वर्षीया मनिसरा थापा रहेको प्रहरीले जनाएको छ ।