हाल नेपालभर मनसुनी वायु सक्रिय रहेको छ । देशका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको छ ।
जल तथा मौसम विज्ञान विभागले सोमबार जारी गरेको मौसम पूर्वानुमानमा हाल नेपालभर मनसुनी वायु सक्रिय रहेको जनाएको हो ।
आज दिउँसो प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका थोरै ठाउँ तथा गण्डकी प्रदेशको एक, दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तै, आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका तथा प्रदेश ५ थोरै ठाउँमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।