logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

लकडाउन पछि मयूर यातायातद्वारा उपत्यकामा सेवा सुरु


अंकुरण खबर
1.014K
Shares

लकडाउन पछि मयूर यातायातले आफ्नो सेवा संचालन गरेको छ ।

लकडाउनका कारण लामो समयसम्म थन्किएका सार्वजनिक सवारी साधनहरु सोमबार देखि काठमाडौंमा सरकारको निर्णय पश्चात गाडी संचालन भएका हुन् । सुरक्षाका मापदण्ड सहित सिमित गाडी चलाउन थालेको उक्त कम्पनीले जनाएको छ ।

सरकारले जिल्ला भित्रै सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको छ । तर, कतिपय व्यवसायीले आफ्ना माग अझै पुरा नभएको भन्दै गाडी नचलाउने अडान राखेका छन् ।

मयूरले सोमबारबाट ६ वटा बसमार्फत सेवा थालेको छ । कम्पनीले काठमाडौं, धुलिखेल, पनौती रुटमा दुई वटा बस चलाएको छ भने रिंगरोडमा ४ वटा बस चलाउन थालेको छ ।

लामो समय सवारी साधन थन्किएकाले अधिकांश सवारी मर्मत गर्नु पर्ने अवस्थामा पुगेका छन् । ती सवारीहरु मर्मत गरेपछि विस्तारै अरु पनि बसहरु संचालन गर्ने मयूर यातायातले जनाएको छ ।