logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नारायणगढ–मुग्लिन सडकखण्ड भासियो, एकतर्फी रुपमा मात्रै सवारी सञ्चालन


अंकुरण खबर
1.794K
Shares

अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा सडक भासिएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानपालिका–२९ सत्रकिलो भन्ने स्थानमा सडक भासिएको हो । जिल्ला प्रहरी कार्यायलय चितवनका अनुसार अहिले एकतर्फी रूपमा मात्रै सवारी सञ्चालन भैरहेको छ ।

सोमबार विहान सडक भासिएको हो । यसअघि पनि नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न तीन ठाउँमा सडक भासिएको थियो । यसअघि भासिएको सडक अहिलेसम्म बनेको छैन ।