logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

अत्याधिक रक्तश्रावका कारण जाजरकोटमा सुत्केरी महिलाको मृत्यु


अंकुरण खबर
1.352K
Shares

अत्याधिक रक्तश्रावका कारण जाजरकोटमा एक सुत्केरी महिलाको मृत्यु भएको छ ।

आइतबार साँझ जुनीचाँदे गाँउपालिका–३ की ३४ वर्षीया सिंह पुरीको सुत्केरी व्यथा लागेपछि बच्चा जन्माएलगत्तै रक्तश्रावका कारण मृत्यु भएको हो ।

प्रसव पीडा शुरु भएपछि गाँउभन्दा टाढा रहेको स्वास्थ्य संस्थामा पुर्‍याउन घरमा कोही पनि नभएको अवस्थामा गाँउलेलाई खबर गर्न लाग्दा पुरीको ज्यान गएको हो ।

आमा पुरीको ज्यान गए पनि नवजात शिशूको अवस्था भने सामान्य रहेको जनाइएको छ ।

स्थानीयले स्वास्थ्यकर्मी पठाइ दिनका लागि गाउँपालिकामा खबर गरिएको स्थानीयको भनाइ छ ।