सुदूरपश्चिम प्रदेशमा आज ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
धनगढीमा गरिएको परीक्षणका क्रममा तीन महिला र आठ पुरुष गरी ११ जनामा संक्रमण पुष्टि भएको हो।
कोरोना संक्रमण पुष्टि भएकामा अछामका एक र कैलालीका १० जना रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए।