logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बलात्कार प्रयासको आरोप लागेका वडाडध्यक्ष २५ हजार धरौटीमा रिहा


अंकुरण खबर
897
Shares

जवरजस्ती करणी उद्योग (बलात्कार प्रयास) को अभियोग लागेका जनप्रतिनिधि वडाध्यक्षलाई अदालतले २५ हजार रुपैयाँ धरौटीमा रिहा गरेको छ ।

कञ्चनपुर जिल्ला अदालतले जिल्लाको भीमदत्त नगरपालिकाको वडा नम्बर ९ का वडाध्यक्ष राम नाथलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश जारी गरेको हो ।

न्यायाधीश गोपाल प्रस्ताद वास्तोलाको इजलाशले नाथबाट २५ हजार धरौटी लिइ तारेखमा रिहा गर्न आदेश जारी गरेको हो ।

भीमदत्त नगरपालिकाअन्तर्गत पर्ने ब्रह्मदेव बजारमा होटल सञ्चालन गर्दै आएकी एक महिलाले वडाध्यक्ष नाथमाथि बलात्कार प्रयासको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् ।

आफ्नै होटेलमा मदिरा सेवन गरेर वडाध्यक्ष नाथले आफूमाथि बलात्कार गर्न खोजेको महिलाको आरोप थियो ।

महिलाको उजुरी पछि प्रहरीले नाथलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको थियो ।