कर्णाली प्रदेशमा ४७ जना कोरोना संक्रमित थपिएका छन्। आज सुर्खेतका ४१ जना, जाजरकोट र बाँकेका एकरएक जना, दैलेख र रुकुमपश्चिमाका दुई/दुई जना छन्।
कर्णाली प्रदेशको सामाजिका विकास मन्त्रालयका अनुसार प्रदेश प्रयोगशाला र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गरिएकामध्ये सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ मा दुई, वडा नम्बर ३ मा पाँच, वडा नम्बर ४ मा दुई, वडा नम्बर ५ मा एक, वडा नम्बर ६ मा तीन, वडा नम्बर ७ मा दुई, वडा नम्बर ८, १० र १३ मा एकरएक जना, वडा नम्बर १२ मा दुई जना छन्।
सिम्ता गाउँपालिका वडा नम्बर २ मा एक, वडा नम्बर ५ मा चार, वडा नम्बर ६ र ७ मा तीन/तीन जना, वडा नम्बर ८ मा ६ जना र वडा नम्बर ९ मा चार जना छन्। त्यस्तै, जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ७, दैलेखको आठविस नगरपालिका वडा नम्बर ५ र नारायण नगरपालिका वडा नम्बर ९ मा एक/एक जना छन्।
त्यस्तै, रुकुमपश्चिमको चौरजहारी नगरपालिकाको पीसीआर प्रयोगशालामा परीक्षण गर्दा रुकुमपश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ३ जना दुई जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
योसँग कर्णालीका कोरोना संक्रमितको संख्या एक हजार ६ सय ६३ जना पुगेको छ।
आज नै दैलेखको आठविसबाट एक जना, सल्यानको अस्पतालबाट ३४ जना, सुर्खेतको वीरेन्द्रनगर आइसोलेसनबाट १२ जना कुल ४७ जना डिस्चार्ज भएको मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।