logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतीय हस्तक्षेपका कारण तराई डुबानमा पर्‍यो : गृहमन्त्री थापा


अंकुरण खबर
806
Shares

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले भारतका कारण तराई डुबानमा परेको बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा गृहमन्त्री बादलले भारतीय हस्तक्षेपका कारण तराई वर्षौंदेखि डुबानमा पर्दै आएको बताएका हुन्।

‘भारतले बनाएका सामान्तर बाँध र बाटोका कारण तराई डुबानमा पर्ने गरेको छ,’ उनले भने, ‘यो भारतीय पक्षले नेपालमाथि गरेको हस्तक्षेप हो। डुबानको समस्या समाधानका लागि हामीले पहल गरिरहेका छौं ।’

गृहमन्त्री बादलले सीमामा बनाएको बाँध र बाटो बनाएको ठाउँमा भारतीय पक्षले निकास दिनुपर्ने बताए । आफ्नो रक्षाका लागि भारतीय पक्षले् बाँध बनाएको र निकास नदिँदा त्यसले नेपालमा समस्या परेको उनको भनाइ छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा डुबानको सयमस्याबारे अध्ययन गर्न कार्यदल बनाउने भनिएपनि त्यो कार्यान्वयन नभएको गृहमन्त्री बादलले बताए ।