नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७०५ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन्। योहित नेपालमा कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या १० हजार २९४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म देशभरबाट ६० दशमलव ७ प्रतिशत मानिसहरु अस्पतालबाट डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका २५ प्रयोगशाला मार्फत पाँच हजार ८५६ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म नेपालमा दुई लाख ८९ हजार ३७१ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ।
देशभर हालसम्म २३ हजार ४७० क्वरेन्टिनमा रहेका छन् भने ६ हजार ६१३ जना कोरोना संक्रमित आइसोलेसनमा छन् ।
नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ३८ जनाको मृत्यु भइसकेको छ ।