logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जुवातास खेलिरहेका पाँच जुवाडे पक्राउ


अंकुरण खबर
845
Shares

काठमाडौं महानगरपालिका-४, धुम्बाराही बस्ने विष्णु राना मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुबाट प्रहरीले ५० हजार ९७५ रूपैयाँ र तीन बुक ताससमेत बरामद गरेको छ ।

उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगद तथा ताससहित पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।